९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

हङकङमा होटल क्वारेन्टिन अन्त्यको घोषणा हुँदै

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । हङकङमा अनिवार्य होटल क्वारेन्टिन अन्त्य हुने भएको छ । आज शुक्रबार दिउँसो हङकङ सरकारले क्वारेन्टिन अन्त्यको घोषणा गर्ने तयारी गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

गत अगस्टयता हङकङ आउने व्यक्तिले ३ दिन होटल क्वारेन्टिन र ४ दिन आफ्नो निवासमा आइसोलेसनमा बस्न सकिने व्यवस्था गरिएको थियो । त्यसअघि एक सता र अझ त्योभन्दा अघि २१ दिनसम्म अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था थियो ।

हङकङले कोभिड नियन्त्रणका लागि यस्तो कडा नियम लागू गरेपनि त्यसबाट पर्यटन र अन्य व्यवसाय प्रभावित भएर हङकङ एसियाका अन्य शहरभन्दा पछाडि पर्दै गएको टिप्पणी भइरहेको थियो ।

होटल क्वारेन्टिन अन्त्य भएसँगै नयाँ व्यवस्थाको विवरण शुक्रबार दिउँसो खुलासा हुने अपेक्षा गरिएको छ ।

हङकङमा लामो समयदेखि क्वारेन्टिन हटाइने प्रतिक्षा भइरहेको थियो । अब होटल क्वारेन्टिनको अन्त्यसँगै हङकङमा पर्यटन र अन्य व्यवसाय सहज बन्दै जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया सबै