६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

राष्ट्रपतिलाई कार्यकाल सकिएपछि राजनीतिमा फर्कन गोकुल बास्कोटाको आग्रह

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन आग्रह गरेका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु राष्ट्रपति बन्ने गरेको बताएका छन् ।

‘एकमात्र पूर्व राष्ट्रपतिले पुर्व मान्यता अनुरुपको राजनीति गरेकै छन्’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो सिधा मत छ । वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’

प्रतिक्रिया सबै