३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

आजदेखि ‘प्रेमगीत ३’ को ‘वर्ल्डवाइड’ प्रदर्शन

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको यो सिनेमा शुक्रबारबाट भारतलगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो ।

हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापनाबाट मात्र प्रदर्शनमा आउनेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो ।

देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।

‘प्रेमगीत ३’बाट क्रिस्टिना र मनिषले अभिनेता तथा अभिनेत्रीको रुपमा डेब्यु गर्दैछन् । सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन् ।

यो पनि

फिल्ममा क्रिस्टिनाको डेब्यु

प्रतिक्रिया सबै