१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

डेंगुबाट २७ जनाको मृत्यु, २१ हजार संक्रमित

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको असारयता असोज ६ गतेसम्म संक्रमितको संख्या २१ हजार ३५२ र मृतकको संख्या २७ पुगेको हो ।

सबैभन्दा धेरै काठमाडौंमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा पाँच हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ६५४ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ११२ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या २०० भन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाले जनाएको छ ।

नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरू बताउँछन् । सरकारका सबै तह र जनस्तरबाट घर, कार्यालय, शैक्षिक तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरूको जोड छ ।

प्रतिक्रिया सबै