१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई सम्पर्कविहीन

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । परिवारले बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।

ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले हालसम्म उनलाई फेला पार्न नसकिएको बताए । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनको भनाई छ ।

प्रहरी स्रोतका अनुसार ३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको छ ।

राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।

उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।

प्रतिक्रिया सबै