१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

गठबन्धनमा अझै सिट बाँडफाँटकै सकस

 शनिबार, अशोज ८ २०७९  

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न सकस परेको छ । निरन्तर छलफल गरे पनि सहमति भने जुट्न सकेको छैन ।

शुक्रबारको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल गर्ने तयारी छ । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेतारु बताउँछन् ।

उनीहरुले प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने प्रयास गरेका छन् । नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट देखिएको छ । आफूभन्दा साना दलले हैसियतभन्दा बढी सिट लिन खोजेको भन्दै कांग्रेस पनि असन्तुष्ट देखिन्छ ।

गठबन्धनमा दुई महिना अगाडि नै चुनावी तालमेल गर्ने सहमति भएको थियो । तर, सिट बाँडफाँटको टुङ्गो लगाउन भने सकिरहेको छैन ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेताहरू र सिट बाँडफाँट कार्यदलका सदस्यहरूबीच छलफल भएको थियो । तर, छलफल टुङ्गोमा पुग्न नसकेपछि आज फेरि छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया सबै