१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

स्पेन घरेलु मैदानमा पराजित

 आइतवार, अशोज ९ २०७९  

काठमाडौं । स्पने घरेलु मैदानमा चार वर्षपछि पराजित भएको छ । स्पेनले सबैखाले प्रतियोगितामा गरी २२ खेलपछि घरेलु मैदानमा पराजित भएको हो ।

शनिबार राति स्विट्जरल्यान्डसँग २–१ ले पराजित भएको हो । पछिल्लोपटक स्पेन २०१८ अक्टोबरमा नेसन्स लिगमै इङ्ल्यान्डसँग ३-२ ले पराजित भएको थियो ।

पराजित भएपछि लुइस इनरिकेको स्पेन दोस्रो स्थानमा झरेको छ । यूईएफए नेसन्स लिग ‘ए’ समूह-२ मा पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ ।

पोर्चुगलले गएराति नै चेक गणतन्त्रलाई ४–० ले हराएको थियो । मंगलबार स्पेन र पोर्चुगल आमनेसामने हुँदैछन् । उक्त खेलको नतिजाले यस समूह विजेता पनि तय गर्ने छ ।

म्यानुयल अकान्जीले गरेको गोलबाट स्विट्जरल्यान्डले २१ औँ मिनेटमा अग्रता लिएको थियो । ५५ औँ मिनेटमा जोर्डी अल्बाले बराबरी गोल फर्काए । त्यसको तीन मिनेटमै ब्रिल इम्बोलोले गरेको गोल स्विट्जरल्यान्डको जितमा निर्णायक बन्यो ।

पराजित स्पेनले ५ खेलबाट ८ अंक जोडेको छ । जुन शीर्ष स्थानको पोर्चुगलभन्दा दुई अंकले पछाडि हो । विजयी स्विट्जरल्यान्डले ५ खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको चेक गणतन्त्र चौथो स्थानमा छ ।

प्रतिक्रिया सबै