download zoom on pc zoom platform download zoom download for windows pc zoom wallpaper app zoom installer offline - zoom installer offline zoom login free download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

ओलीविरुद्ध युग पाठकको उम्मेदवारी : नयाँ विश्वदृष्टिकोण निर्माण गर्नुपर्छ हिम्मत गरौं

 आइतवार, अशोज ९ २०७९  

काठमाडौं । नागरिका आन्दोलनका अगुवा अगुवा एवं युवा लेखक युग पाठकले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि औपचारिकरुपमा उम्मदेवारी घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गरेका उनले नयाँ आन्दोलनको घोषणा गरेका हुन् ।

शनिबार दमकस्थित पिपलचोकबाट उम्मेदवारी घोषणा गरेका उनले आफ्नो यो निर्णयलाई ‘उत्स्रवण आन्दोलनको घोषणा’ भएको बताउँदै घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।

‘नयाँ विचारसहित हामी सबै आत्मविश्वासी हुने, समाज र देशको उन्नतिको वास्तविक खाका कोर्ने र विश्वलाई नयाँ सन्देश दिने अभियानमा छौं । यो केवल चुनावमा उठ्ने वा जित्ने कुरा मात्र होइन, विश्वलाई नयाँ सन्देश दिने अवसर पनि हो । पुरानो राजनीतिले दिक्क र निराश भएका देशभरिका जनतालाई उत्साह दिने मौका पनि हो’, उनले भनेका छन् ।

जनताको राजनीति जनतातर्फ नै फर्काउने र सबैको शिर उठाउने वैचारिक आन्दोलनको घोषणा गरेका झापा-५ बाट आन्दोलनको सुरुवात भएको उद्घोष गरे । ‘यो आन्दोलन झापा-५ बाट सुरु भयो । आन्दोलन देशभर हुँदै अन्तर्राष्ट्रिस्तरसम्म पुग्नेछ,’ उनले भने ।

उनले यही अवस्था रहे देश भयावह अवस्थामा पुग्ने चेतावनी पनि दिए । ‘देश रेमिट्यान्सले चलेको छ । देशमा कृषि गर्नेको शिर निहुरिएको छ । बाहिरबाट आएको रेमिट्यान्सले बाहिरबाटै आयतीत खाद्यान्न खाएर बाँचिएको छ’, उनले भने- ‘रेमिट्यान्स आउने ठाउँमा केही भएर हाम्रा दाजुभाइ फर्कनुभयो भने, खाद्यान्न आउन छाड्यो भने, सोच्नुस् त के हुन्छ रु त्यसकारण अब पुरानो विचारले काम गर्दैन नयाँ विचार ल्याउन जरुरी भएर मैले उम्मेदवारीसँगै यो आन्दोलनको घोषणा गरेको हुँ’

‘किसानलाई आधुनिकताको नाममा अपमान गरिएको छ । खाने कुरामै परनिर्भर देश कहिल्यै स्वाधीन हुन सक्दैन । त्यसैले किसानको शिर उठाउने र कृषिलाई प्रथम महत्त्व दिने विचारअन्तर्गत समाज र राज्यको चरित्र बदल्नुपर्छ । कृषिलाई जनताको अधिकारको रूपमा स्थापित गर्नुपर्छ । कृषिको कम्पनीकरण बन्द गरिनुपर्छ । कृषि भनेको विकसित हुनुपूर्व अविकसित समाजको विशेषता हैन’, उनले भने । अब कृषकलाई राज्यले नै सीधै सघाउनुपर्ने बताउँदै उनले आफ्नो प्राथमिक एजेन्डा पनि कृषिमा आमूल परिवर्तन भएको बताएका छन् ।

उनले आफ्नो घोषणापत्रमा भनेका छन्- ‘वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन । आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन । आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।’

विश्वमा यतिबेला दार्शनिक संकट आइपरेको पनि उल्लेख गरेका छन् । नयाँ विश्वदृष्टिकोण निर्माण गर्नुपर्ने भन्दै उनले भनेका छन्- ‘हामी अझै पनि स्वीटजरल्यान्ड वा सिंगापुर हेरेर दुःखी छौं । अझै पनि लि क्वान यु वा अरू कुनै हिरो सम्झेर आफैंलाई नतमस्तक तुल्याइरहेका छौं । हामी आफैंले आफैंलाई चिन्न नसकेको कति भयो ? त्यसैले वर्तमानमा खडा हुने हिम्मत गरौं ।’

यस्तो छ घोषणापत्र

प्रतिक्रिया सबै