९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

झापामा ५४ वर्षीय पुरुष मृत फेला

 आइतवार, अशोज ९ २०७९  

काठमाडौं । मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव भेटिएको छ । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलले बताए । उनी इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किएका थिए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । मृतकको भिसेरा जाँचसमेत गर्ने प्रहरी तयारी छ । भिसेरा जाँचबाट मृतकले जीवित हुँदा अन्तिम पटक के–के खाएका थिए भन्ने खुल्नेछ ।

मृतकको साथबाट सुसाइड नोट वा अन्य कुनै किसिमका लिखत भेटिएको छैन । मृतक पोखरेल नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशीला संग्रौला (पोखरेल) का पति हुन् ।

पत्रकार महासंघ झापाका अध्‍यक्ष एकराज गिरीका अनुसार आइतबार अपरान्ह ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया सबै