download zoom offline zoom app uk download zoom.us/download zoom cloud app free download for pc - zoom cloud app free download for pc zoom 5.8 download desktop zoom download free us zoom download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

माओवादी इमान्दार हुन्छन् तर बिकाउ हुदैनन् : रेखा शर्मा

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्माले माओवादी बिकाउ माल नभई इमान्दार र स्वाभिमानी भएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र दाङ २(१)को प्रशिक्षण भेलालाई आइतबार सम्बोधन गर्दै शर्माले माओवादीको स्वाभिमानलाई कायम राख्दै आगामी निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने बताएकी हुन् ।

माओवादीहरु इमान्दार भएकाले नै कतिपय राजनीतिक दलहरुले आफूतिर तान्न खोजेको बताउँदै माओवादी बिकाउ माल होइन भन्ने स्थापित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘माओवादी इमान्दार हुन्छन् तर माओवादी स्वाभिमानी पनि छन् ।’

माओवादीहरुलाई सबैभन्दा सस्तो माल जसरी व्यवहार गर्न खोज्नेहरुलाई आगामी निर्वाचनमा परास्त गर्नुपर्ने उनले बताइन् । माओवादीहरुको कार्यशैली, जनतामा जाने शैली र दुःख गर्ने शैलीबाट नै प्रतिस्पर्धीहरुलाई परास्त गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया सबै