३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

मिस नेपाल प्रियंकाले चेपाङ गाउँमा बिजुली र खानेपानी पुर्‍याइदिने

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । मिन नेपाल प्रियंकारानी जोशीले चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँ मेतराङमा बिजुली र खानेपानी उपलब्ध गराइदिने भएकी छन् ।

विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को लागि प्रियंकाले परियोजना अघि बढाएकी हुन् । उनले गत साता गाउँ पुगेर काठमाडौं फर्किएकी खानेपानीको लागि पम्प निर्माण पनि थालेकी हुन् ।

कुल ५८ घरमा बिजुली जडान गर्ने योजना अन्तर्गत गाउँमा चेपाङ समुदायको बसोबास भएकाले स्थानीय महिलालाई बिजुली बत्तीको बिल तिर्न र घरखर्च जोहो गर्न मौरीपालन र टपरी बुन्नेजस्ता उद्यमशीलता पनि उनले व्यवस्था गरिदिने उनको तयारी छ ।

ती उत्पादनलाई मलेखुसहित नजिकको गाउँमा पुर्‍याउने व्यवस्था पनि हुनेछ । बिक्रीबापत महिलाहरुले बजारबाट मासिक पैसा पनि पाउनेछन् । २७८ जनसंख्या रहेको गाउँका पुरुषहरु दशैंतिहार जस्ता चाडपर्वमा मात्र गाउँ फर्कने र अघिपछि कमाउन काठमाडौं, पोखरा र भारत पुग्ने गर्छन् ।

नेपाल विगतदेखि नै मिस वर्ल्डको ब्युटी विथ पर्पस विधाको प्रमुख दाबेदार हो । तीनपटक त नेपालले यो विधा जितेको छ । प्रियंका पनि यो विधा पुनः नेपालले जित्नेमा आशावादी छन् ।

प्रतिक्रिया सबै