३ असार २०८१, आईतवार Sunday 16 June, 2024

मनास्लुमा हिमपहिरो जाँदा १० जना बढी घाइते, खराब मौसमका कारण उद्धार गर्न कठिन

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा १० जना बढी घाइते भएका हुन् ।

घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको भनाई छ ।

अहिले घटनास्थल नजिकै तेस्रो बेसक्याम्पमा हेलिकोप्टर पुगेको छ । अक्सिजन लगायत सामग्री पुर्‍याउन गएकाहरू घाइते भएको बताइएको छ ।

कैलाश हेलिकोप्टर श्रीहरि कुइँकेलले दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धारको काम हुन नसकेको बताएका छ्न ।

उनका अनुसार हेलिकप्टर खराब मौसमका कारण दिउँसो १ बजेदेखि सामागाउँमा रोकिरहेको छ । खराब मौसमका कारण उद्धारको काम हुन सकेको छैन ।

प्रतिक्रिया सबै