१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु, १० जना बढी घाइते, उद्धारमा कठिनाइ (भिडियो)

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ । अन्य १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएको बताइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीका अनुसार एक जनाको मृत्यु भएको छ भने घाइतेको यकिन विवरण प्राप्त हुन बाँकी छ ।

घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

कैलाश हेलिकोप्टरका श्रीहरि कुइँकेलले भने दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धारको काम हुन नसकेको बताए ।

प्रतिक्रिया सबै