download from zoom.us zoom install for all users - zoom install for all users how do i download zoom on windows 10 how do i download a zoom app phim hd download vn-zoom voice changer no download zoom
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

रवीन्द्र मिश्र : शक्तिमा पुग्ने छटपटी !

प्रकाश चाम्लिङ
 मङ्लबार, अशोज ११ २०७९  

काठमाडौं । नेपाली राजनीतिमा पछिल्लो समय पदको बार्गेनिङ गरेर पार्टी प्रवेश गर्ने र गराउने प्रवृत्ति बढ्दो छ । त्यसो त अहिले स्वतन्त्रको खोल ओढेर जनतामाझ स्वच्छ छवि बनाउन खोज्नेहरुको भिड पनि उत्तिकै छ ।

संसदीय निर्वाचनको संघरामा आफुलाई ‘स्वतन्त्र हुँ’ भन्दै चुनाव लड्ने घोषणा गरेर सामान्य चर्चामा आउन नपाउँदै पदको बार्गेनिङ गरेर पार्टी प्रवेश गर्नेहरु पनि देखिन थालेका छन् ।

यस्तै, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्न थालेका रवीन्द्र मिश्र अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् । विवेकशील साझा पार्टी परित्याग गरेका मिश्रलाई राप्रपाले उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गराउन लागेका छन् ।

मिश्रले राप्रपाका शीर्ष नेताहरुसँग पदका लागि बार्गेनिङ गरिरहेका थिए । अन्ततः राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष बन्नेगरी बुधबार एक कार्यक्रममार्फत पार्टीमा प्रवेश गराउने भएको हो । उनलाई प्रवेश गराउन एक कार्यक्रम राखिएको राप्रपाले जानकारी दिएको छ ।

राप्रपा प्रचार विभागका अनुसार बुधबार दिउँसो साढे १२ बजे राजधानीको भृकुटिमण्डपमा राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा समारोह समेत आयोजना हुँदैछ ।

मिश्रसँगै विवेकशील साझाका नेता शरदराज पाठक लगायतको समूह पनि राप्रपा प्रवेश गर्ने बताइएको छ । यसअघि मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाटै राजीनामा दिएका थिए ।

विवेकशील साझा पार्टीमा विवाद मात्रै चर्काएका मिश्रले वैकल्पिक राजनीतिको नारालाई राप्रपामा लगेर विसर्जन गर्न खोजेको कतिपयको आकलन छ । स्थानीय तहको निर्वाचनमा जनताले अपेक्षित मत नदिएपछि त्यसको जिम्मेवारी लिँदै विवेकशील साझा पार्टीबाट मिश्रले वक्तव्यमापर्फत नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए ।

पत्रकारिताबाट राजनीतिमा आएका मिश्रलाई यसअघि पनि ‘राजावादी’को आरोप भने नलागेको होईन । हिन्दू राज्य र राजतन्त्रप्रति मोह देखाउन थालेका मिश्र चुनावमा पार्टीले सोचे अनुसार मत नपाएपछि वैकल्पिक राजनीतिबाट थाके जस्तो पनि देखिए । तर, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता विषय समाएर राजनीतिक तरङ्ग ल्याउने सजिलो सपना देखेका उनी साझा, विवेकशील हुँदै अन्ततः राप्रपामा पुगेका छन् ।

विवेकशील साझाका पूर्व नेताहरुका अनुसार पार्टीमा जति संकटमा पर्दै गए त्यति नै मिश्रले आफ्नो लाईनलाई परिवर्तन गर्दै गएका हुन् ।

वर्तमान व्यवस्था उल्ट्याउने दिवा सपना देखेका मिश्रमा जसरी पनि शक्तिमा पुग्ने छटपटी देखिन्छ । आफू नेतृत्वको दललाई राष्ट्रिय बनाएर सरकारमा जाने चाहना बोकेका मिश्रले हिन्दू र राजावादी मत तानेर बनेको पार्टी राप्रपामा प्रवेश गर्न चाहेको नेताहरु बताउँछन् ।

मिश्रको यस्तो यात्रालाई कतिपय नेताहरुले ‘राजनीतिक विसर्जन’ र वैकल्पिक शक्तिको अवसानका रुपमा अर्थ्याएका छन् । कतिपय राप्रपाकै केन्द्रीय नेताहरु मिश्रको पार्टी प्रवेशबाट खुशी छैनन् । भोली पार्टीका लागि मिश्र घाडो भएर निस्कने उनीहरुको तर्क छ ।

मिश्र २०७३ फागुनमा पत्रकारिता छोडेर राजनीतिमा होमिएका हुन् । पत्रकारिता पृष्ठभूमिका कारण चर्चामा देखिएता पनि उनको राजनीतिक यात्रा भने खासै आकर्षक देखिएन । पछिल्लो समय एकात्मक हिन्दु राज्यको पक्षमा देखिन थालेपछि उनी झनै एक्लिएका हुन् ।

मिश्रले साझा पार्टी खोल्नुअघि वैकल्पिक राजनीतिको नारा बोकेका दुई पार्टी उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति थियो । त्यसपछि डा. सुर्यराज आचार्य, डा. सरोज धिताल, डा. दिनेश प्रसाई, मुमाराम खनाल, रेशु अर्याल, किशोर थापा, केशव दाहाल लगायतको साथमा मिश्रले साझा पार्टी बनाएका थिए ।

त्यसपछि विवेकशील नेपाली दलसँग ११ साउन २०७४ मा पार्टी एकताको भएको थियो । तर, विवेकशील साझाको एकता टिक्न सकेन । मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकताको १७ महीनापछि उज्वल थापासहित १६ केन्द्रीय सदस्यले २७ पुस २०७५ मा विवेकशील नेपाली दल ब्यूँताएका थिए ।

त्यसबेला मिश्रलाई ‘नेतृत्वले विधान विपरीत कामहरू गरिरहने, कोटको खल्तीबाट नामहरू ल्याएर केन्द्रीय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवम् अलोकतान्त्रिक तरिकाले विभागहरू विघटन गर्ने, परम्परागत राजनीतिक दलहरूकै अनुसरण गर्दै विभिन्न भ्रातृ संगठन गर्ने’ जस्ता आरोप लागेको थियो ।

एकता नटुंगिदै विभाजन हुनुमा वैकल्पिक शक्ति निर्माण गर्ने अभियानको एउटा दुखद् घट्ना थियो । त्यहींबाट जनभावनामाथि ठेस लाग्न पुगेको विवेकशील साझाका पूर्व नेताहरुको भनाई छ ।

विवेकशील साझाका नेता मिलन पाण्डेले स्काई नेपालसँग कुरा गर्दै मिश्रको राप्रपा प्रवेशबारे कुनै टिप्पणी नगर्ने प्रतिक्रिया दिए । ‘वहाँले बैकल्पिक राजनीतिलाई कता लैजान खोज्नु भएको हो ? त्यसमा टिकाटिप्पणी गर्नु भन्दा पनि शुभकामना मात्रै भन्छु’, उनले भने- ‘अहिलेसम्मको बैकल्पिक राजनीतिलाई योग्दान गर्नु भयो त्यसका लागि धेरै धन्यवाद ।’

मिश्रले बैकल्पिक राजनीतिको नारालाई छोडेपनि आफुहरुले यो अभियान निरन्तर लैजाने नेता पाण्डेको भनाई छ । ‘मिश्र जीलाई हामीले जुन रुपले विश्वास गरेर सहकार्य गर्ने निर्णय गरेका थियौँ त्यो वहाँले असफल तुल्याउनु भयो । तर, वहाँ आउनु भन्दा पहिले पनि हामीले पार्टीलाई एक ढंगले अगाडी बढाई रहेका नै थियौँ । अहिले पनि हामी र हाम्रो विचार निरन्तर जारी नै रहनेछ ।’

प्रतिक्रिया सबै