३ असार २०८१, आईतवार Sunday 16 June, 2024

यस्तो छ आजको मौसम पूर्वानुमान

 बुधबार, अशोज १२ २०७९  

काठमाडौं । हाल देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा राती पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया सबै