२७ जेष्ठ २०८१, आईतवार Sunday 9 June, 2024

सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १ घाइते

 बुधबार, अशोज १२ २०७९  
सांकेतिक तस्बिर

काठमाडौं । सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए ।

प्रहरीका अनुसार बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानी नजिकै दुर्घटना भएको हो ।

एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको अध्यक्ष पुनले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया सबै