zoom app software download download zoom meeting for microsoft - download zoom meeting for microsoft zoom install msi free download zoom for windows 10 download zoom 2020
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

खाद्यले तोक्यो खसीबोकाको बिक्री मूल्य

 बुधबार, अशोज १२ २०७९  

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो ।

बजार हस्तक्षेप गर्ने उद्देश्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुला र मकवानपुरबाट काठमाडौं ल्याएका खसीबोका कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ ।

उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ । त्यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् । ‘चाडबाडमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारको निर्णय नै हो,’ थापाले भने, ‘खाद्यले निर्धारण गरेको मूल्यमा थप १० रुपैयाँ छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।’

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ पर्ने संघले जनाएको छ ।

प्रतिक्रिया सबै