३ असार २०८१, आईतवार Sunday 16 June, 2024

डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु, २८ हजार बढी संक्रमित

 बिहिबार, अशोज १३ २०७९  

काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट यसवर्ष ३८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज १३ गतेसम्म संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको हो ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकीमा ६७७, लुम्बीनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगी पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।

नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरुको भनाई छ । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया सबै