९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नेपालमा अब गुड्नेछ साझाको थप ३७ बिजुली बस

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । नेपालमा साझा यातायाले थप ३७ वटा विजुली बस चीनबाट ल्याउँदैछ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ ।

३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए ।

पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिंदै आएका रुटहरुबाट सेवा दिइरहेको छ । हिन्दु नेपालीको चाड दशैंसम्म बाँकी ३७ वटा पनि ल्याइसक्ने तयारी रहेको साझाले बताएको थियो ।

चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो । अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । चलेका बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायत विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।

प्रतिक्रिया सबै