१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

किरात राई पत्रकार संघ झापाद्वारा माङ्पाहरुलाई सम्मान

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । किरात राई पत्रकार संघ झापाले दुई मुन्धमी संरक्षक माङ्पा (पुजारी)लाई सम्मान गरेको छ ।

संघको १५औं स्थापना दिवसको अवसरमा किरात राई जातिको मुन्धम, भाषा, धर्म र संस्कारलाई जीवन्त राख्न माङ्पाहरुको भूमिका महत्वपूर्ण रहको भन्दै शुक्रबार सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा झापा अर्जुनधाराका धनबहादुर खालिङ राई र सुशिला चाम्लिङ राई (खुसे नाना) रहेका छन् ।

झापास्थित यलम्वर टाइम्सको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष राजन साम्पाङ राईसँगै प्रमुख अतिथि, अग्रज पत्रकार दिपीन राईले मुन्धमी संरक्षक माङ्पालाई पगरी, फलफुल र नगदले सम्मान गरेका हुन् ।

राई समुदायको मुन्धुमी संस्कार गर्ने माङ्माहरुको संख्यामा कमि आइरहेको बेला सम्मानित माङ्पा धनबहादुर शरीरले असक्त भए पनि झापाका विभिन्न स्थानमा सेवा पुर्याउँदै आएका छन् ।

यस्तै, माङ्पा सुशिला भारतको बाघडुग्रा, दार्जिलिङ, सिक्कम र नेपालका काठमाण्डौका क्षेत्रमा सेवा दिँदै आएकी छन् भने किरात राई यायोक्खा अर्जुनधाराको सिली माङ्पाको रुपमा सक्रिय छन् ।

यो पनि

पत्रकार सइन्द्र राई सम्मानित

प्रतिक्रिया सबै