zoom 5.8.1 download zoom download on hp laptop install zoom msi gpo zoom for free no download is zoom safe to download zoom info scraper download speaker not working on zoom laptop why is my zoom speaker not working on laptop - why is my zoom speaker not working on laptop
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

यायोक्खाको २१बुँदे घोषणापत्र : जननायक रामप्रसादलाई राष्ट्रिय विभूति घोषणा गर (पूर्णपाठ)

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । किरात राई यायोक्खाले २००७ सालको राजनीतिक परिवर्तनमा ज्यानको आहुति दिएका सहिद रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । ११औं राष्ट्रिय महाधिवेशनपछि यायोक्खाले शुक्रबार २१ बुँदे घोषणापत्र जारी गर्दै उक्त माग गरेको हो ।

‘राज्यले जननायक सहिद रामप्रसाद राईलाई राजनैतिक आन्दोलनमा उहाँको योगदानको उच्च मूल्यांकन गर्दै अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछौं । जसले देश कुनै अर्को देशको छायाँबाट मुक्त हुनुपर्छ र संघीय गणतन्त्र नेपाल बन्नुपर्छ भनेर सात दशकअघि घोषणा गरेका थिए’, घोषणापत्र वाचन गर्दै यायोक्खाका महासचिव भिम राईले भने ।

यस्तै, यायोक्खाले मंसिर ४ गतेको निर्वाचनमा प्रदेश १को नाम ‘किरात प्रदेश’ राख्न घोषणापत्र ल्याउन राजनतिक दलहरुलाई आव्हान गरेको छ । प्रदेश-१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने भन्दै यायोक्खाले भनेको छ – ‘आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्ने घोषणापत्र ल्याउन राजनीति दलहरुलाई आह्वान गर्दछौं । किरात प्रदेश नाम राख्न पहल गर्ने संगठनका उम्मेदवारलाई सहयोग गर्नेछौं ।’

यायोक्खाले विभेदमा पारिएका समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई समावेशी राज्य निर्माणको लागि स्थापित आरक्षण कोटालाई खारेजी गर्नुपर्छ भन्ने राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन प्रति घोर भ्रत्सना गर्दै सच्याउन मागसमेत गरेको छ ।

किरात सिरिजङगा लिपि व्यापक प्रचलनमा लाउने, किरात राई जातिले बोल्ने भाषामा पठनपाठन सुरू भएको विद्यालयहरूमा शिक्षक दरबन्दी व्यवस्था गर्न, किरात राई मातृभाषी बसोबास भएको स्थानीय तहहरूमा मातृभाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न सम्बन्धित स्थानीय सरकारसँग माग गरिएको छ । यायोक्खाले धर्म निरपेक्ष मुलुक घोषणा भैसकेको सन्दर्भमा धर्मको नामबाट हुने सबैखाले हस्तक्षेत्र र दमनको घोर भत्सर्ना समेत गरेको छ । धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्न घोषणापत्रमा उल्लेख छ ।

यस्तै, प्रस्तावित किरात प्रदेशका गढीहरू संरक्षण, सम्वर्द्धन र भोजपुरको हतुवागढीमा रहेको सेनाको ब्यारेक र खोटाङको मझुवागढीमा रहेको सशस्त्र प्रहरीको ब्यारेक हटाउन घोषणापत्र मार्फत माग गरिएको छ ।

यायोक्खाको ११ औँ राष्ट्रिय महाधिवेशनबाट जीवन हाताचो राईको नेतृत्वमा ५६ सदस्यीय कार्यसमिति चयन गरेको छ । यायोक्खाको महाधिवेशन असोज ८ देखि १२ गतेसम्म राजधानी काठमाडौंमा समापन भएको थियो ।

कोटेश्वरमा आयोजित घोषणापत्र सार्वजनिक समारोहमा उपाध्यक्ष राकेश राई, जनक राई, देवान राई, सर्वधन राई, युवराज राई, कोषाध्यक्ष परसुराम राई, पूर्वअध्यक्ष तिलक राई, लगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरु उपस्थित थिए ।

को हुन् रामप्रसाद ?
रामप्रसाद राईको जन्म भोजपुरको बासिखोरामा भएको थियो । क्रान्तिका क्रममा उनको मृत्यु सिंहदरबारभित्र वा चीनतर्फ जाँदा षडयन्त्रपूर्वक मारिए भन्ने तथ्य बाहिर आएको छैन ।

इतिहास अध्यता भोगीराज चाम्लिङका अनुसार रामप्रसाद राईले ०७ सालको राणा शासनविरुद्ध भएको सशस्त्र आन्दोलन पूर्व माझकिरातबाट जनमुक्ति सेनाको नेतृत्व गरेका गरेका थिए । राईकै नेतृत्व फिल्ड कमान्डिङमा भोजपुर, दिक्तेल र ओखलढुंगा कब्जा जमाएर राणा शासकलाई परास्त गरेका थिए ।

०७ सालको आन्दोलनको सफलतासँगै राणा, कांग्रेस र राजाबीच त्रिपक्षीय दिल्ली सम्झौता भएको थियो । तर, उक्त सम्झौतालाई रामप्रसाद राईको नेतृत्व टोलीले पूर्ण प्रजातन्त्र र भारतको छायाँमुक्त गर्नुपर्छ भन्दै विद्रोह गरेका थिए । फलस्वरूप ‘सिंहदबार कब्जा’को प्रयास गरेका थिए ।

अध्यता चाम्लिङ भन्छन्- ‘राजा त्रिभुवनले पनि धोखा दिएकाले गणतन्त्रतर्फ अघि बढ्नु पर्ने आवाज उठाएर स्वराज अर्थात् संघीय स्वायत्त शासन हुनुपर्ने घोषणा गरेका थिए । वर्तमान संघीय स्वशासनको उद्घोषण उनी रामप्रसाद राईले ०७ सालपछि वीजारोपण गरेका थिए । त्यही आधारमा उनी (रामप्रसाद राई) राष्ट्रिय विभूति घोषणायोग्य जननायक हुन् ।’

यस्तो छ यायोक्खाद्वारा जारी २१ बुँदे घोषापत्र

प्रतिक्रिया सबै