६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुनेछ : कमल थापा

 शनिबार, अशोज १५ २०७९  

काठमाडौं । आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ ।

बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरु जती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए । मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे ।

पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानुभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भैरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड थापाले जोड दिए ।

प्रतिक्रिया सबै