३ असार २०८१, आईतवार Sunday 16 June, 2024

एउटै पोखरीमा डुबेर २७ बाँदर मरे

 आइतवार, अशोज १६ २०७९  

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।

स्थानीय बलराम रायमाझीका अनुसार सन्धिखर्क—९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको हो । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया सबै