९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एक महिला प्रहरी बलात्कृत, इन्स्पेक्टर पक्राउ

 आइतवार, अशोज १६ २०७९  

काठमाडौं । आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन् ।

स्रोतका अनुसार उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको हो । आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।

खानीखोलाको प्रहरी निरीक्षकमा पोस्टिङ हुनका लागि पावर र पैसाको प्रयोग हुने गर्छ । महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीको भनाई छ ।

प्रहरी निरीक्षक ढुंगानाले ती महिला प्रहरीलाई आफ्नै सुरक्षागार्ड बनाएर राखेका थिए । पछिल्लो समय उनीहरुबीच विवाद हुने गरेको र ती महिला प्रहरीले असमझदारी बढेको बेला पछिल्लो हर्कतपछि उजुरी दिएको बताइएको छ ।

प्रतिक्रिया सबै