why aren't my meetings showing up in zoom zoom 64 bit download for windows 10 zoom conference download free download zoom cloud meetings for windows free download zoom cloud meeting app for windows 10 www.zoom download.com installation failed error code 10003 zoom zoom metting download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

कुलमान घिसिङ कुन क्षेत्रबाट चुनाव लड्दैछन् ?

 आइतवार, अशोज १६ २०७९  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

भेटमा प्रचण्डले घिसिङलाई काठमाडौंबाट चुनाव लड्न सुझाएका छन् । सोही विषयमा आज दुई जनाबीच छलफल भएको बताइएको छ । घिसिङले काठमाडौं ३ बाट चुनाव लड्न चाहना व्यक्त गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डले यसअघि उनलाई काठमाडौं-२ बाट चुनाव लड्न भनेका थिए । घिसिङ संसदीय चुनाव लडे जित्ने माओवादीको आँकलन छ । घिसिङ रामेछापबाट पनि चुनाव लड्ने चर्चा चलिरहेको छ ।

देशव्यापी रुपमा लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई कलाकारले पनि यसअघि नै शुभकामना दिइसकेका छन् । कुलमान स्वयमले भने काठमाडौं-३ बाट नै चुनाव लड्ने जवाफ दिएको माओवादीनिकट स्रोतको भनाई छ ।

प्रतिक्रिया सबै