१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सपनाले गरिन् विपन्न परिवारलाई खाद्यन्न वितरण

 सोमवार, अशोज १७ २०७९  

काठमाडौं । समाजसेवी सपना रोक मगरले म्याग्दीको बरंजास्थित बुकेनीमा विपन्न परिवारलाई खाद्यन्न वितरण गरेकी छन् । बेवारिसेको शव व्यवस्थापन गर्ने सपना हालै मात्र दशैं मनाउन आफ्नो जन्मस्थान म्याग्दीको बुकेनी पुगेकी छन् ।

उनले गाउँका विपन्न परिवारलाई दाल, चामल, नुन, तेल, बेसार, मसला लगायत करिब ४० हजार रुपैयाँको खाद्यन्न सामग्री वितरण गरेकी छन् ।

सपनाले आफु जन्मेको गाउँ बुकेनीमा कतिपय विपन्न परिवार रहेको र उनीहरुले एक छाक मिठो खान पनि समस्या हुने गरेको देखेर आफुले सहयोगको लागि पहल गरेको फेसबुकमार्फत उल्लेख गरेकी छन् ।

‘अहिले म आफू जन्मेको खेलेको हुर्केको, बालपन बिताएको गाउँ मेरो आफ्नो गाउँ म्याग्दीको बरंजा बुकेनीमा छु । यहाँ आफ्नो कामदेखि केही समय छुट्याएर पारिवारिक आत्मसात गर्न आफ्नोहरुसँग केही समय बिताउन आएको थिए । सबैसँग बसेर रमाइलो भैरहेको छ । तर, मेरो गाउँमा पनि कति घर एकदमै बिपन्न परिवार रहेका छन् । उनीहरुले एक छाक खाएर भोक मेट्न पनि धेरै गाह्रो भएको देखे । त्यसैले वहाँहरुलाई एक छाक भए पनि सहयोगको लागि पहल गरेकी हुँ’, सपनाले फेसबुकमा लेखेकी छन् ।

सपनाले उक्त खाद्यन्न सहयोग चाहिँ जापानमा रहेको यम खड्का, अमेरिकमा बस्ने राजिन मगर, बरंजाकै हर्कमान घर्ति मगर र ‘चाहना समृद्ध नेपाल’ संस्थाले सहयोग गरेको बताएकी छन् । सहयोगी मनहरुप्रति उनले धन्यवाद पनि दिएकी छन् ।

प्रतिक्रिया सबै