zoom app activities zoom meeting join with meeting id zoom classroom download for pc join zoom meeting online meeting id - join zoom meeting online meeting id zoom cloud meeting app download microsoft zoom download for laptop free
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

 सोमवार, अशोज १७ २०७९  

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने भएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने अपेक्षा गर्दै उनले मामिर्क स्टाटस लेखेका छन्- ‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहॅा साथमा हुनेछु’, डा. भट्टराईले चुनाव लड्ने स्पष्ट पार्दै भनेका छन्- ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।’

सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको उनले उल्लेख गरेका छन् । ‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेको उनको भनाई छ । केही शुरू भएका आयोजना पूरा हुन बॉकी रहेको र ती आयोजना पूरा गर्न संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया सबै