join zoom meeting id and passcode - join zoom meeting id and passcode download future zoom zoom login app - zoom login app download app zoom meeting zoominfo pricing and plans page zoom web app zoom 5.6.6 download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

दशैं मनाउन कतिले छाडे उपत्यका ?

 सोमवार, अशोज १७ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकाबाट यस वर्ष १७ लाख बढी मानिस दसैं मनाउन आ-आफ्नो घर गएका छन् । उपत्यकाबाट गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका हुन् । असोज महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाखले उपत्यका छाडेका हुन् ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरेका छन् । बडा दशैंको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।

विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् ।

कतिपय यात्रुले पहिले नै टिकट नकाटेरबीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने महासंघले जनाएको छ। सवारी साधनहरुले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएको भन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको महासंघका अध्यक्ष अध्यक्ष विजय स्वाँरको भनाई छ ।

काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरुबाट र जिल्ला सदरमुकामहरुबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन् । आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उनको भनाई छ ।

सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो । शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

महासंघका अनुसार दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरु यो अवधिमा बाहिरिनेछन् । यो वर्ष दसैं चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । सडक विभागले दसैंलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरु गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको जनाएको छ ।

प्रतिक्रिया सबै