download and install zoom free - download and install zoom free zoom like app zoom link not working on laptop using the zoom app zoom download f download zoom for laptop windows
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

किमलाई १२ लाख डलर जरिवाना

 मङ्लबार, अशोज १८ २०७९  

काठमाडौं । किम कार्दसियन आफ्नो इन्स्टाग्राम पेजमा इथेरियम म्याक्सको अवैधरुपमा प्रचार गरेको मुद्दामा १२ लाख ६० हजार डलर जरिवाना तिर्न सहमत भएकी छन् ।

यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनका अनुसार रियालिटी टीभी स्टार कार्दसियनले मानिसहरुसँग आफूलाई क्रिप्टोकरेन्सी इथेरियम म्याक्सको प्रचारको लागि २ लाख ५० हजार डलर पाएको कुरा लुकाएकी थिइन् । उनले मानिसहरुलाई भ्रममा पारेर यो क्रिप्टोकरेन्सीको प्रचार गरेको कमिसनको दाबी छ ।

समाचार अनुसार किम कार्दसियन तीन वर्षसम्म क्रिप्टोसम्पत्तिसँग सम्बन्धित कुरालाई बढावा नदिन पनि सहमत भएकी हुन् । कार्दसियनका वकिलले बीबीसीसँग भने, ‘कार्दसियन यो मुद्दा सुल्झाउन पाएकोमा खुसी छन् ।’

कार्दसियनले यो मुद्दाको अनुसन्धानमा पूरा सहयोग गरेको र आगामी दिनमा पनि कमिसनलाई आवश्यक पर्ने कुनै पनि सहयोगको लागि तयार रहेको उल्लेख गरेकी छन् ।

गत जनवरीमा कार्दसियनका साथै बक्सर फ्लोइड मेभेदर जुनियर, बास्केटबल खेलाडी पल पियर्स र इथेरियम म्याक्सका निर्माताविरुद्ध अवैधरुपमा क्रिप्टोकरेन्सीको प्रचारको आरोपमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया सबै