९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन बालुवाटारमा गठबन्धन बैठक जारी

 मङ्लबार, अशोज १८ २०७९  

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक जारी छ ।

मंगलबार बिहान सुरू भएको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास भइरहेको छ । सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न सकेको थिए । त्यसैले मंगलबार बिहान ८ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको थियो ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए । यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन् ।

बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो । कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया सबै