update zoom app download kodak 3x optical zoom download zoom downlosad zoom học online pc why rt pcr test is done
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

 मङ्लबार, अशोज १८ २०७९  

चितवन । मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अष्टमी (सोमबार)को साँझ करिब ७ः ३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएपछि उनलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।

 

प्रतिक्रिया सबै