३ असार २०८१, आईतवार Sunday 16 June, 2024

खोलामा नुहाउन गएका बुबा-छोरा बेपत्ता

 मङ्लबार, अशोज १८ २०७९  
खोला किनारमा छोडिएको गाडी र अनुसन्धानको लागि पुगेको प्रहरी । तस्वीर : ध्यान कुलुङ

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बुबा-छोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा खाँदबारी-७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता बाबु-छोराको खोजी भइरहेको उनले बताए । प्रदेश १-०२-००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको प्रहरीको भनाई छ । बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया सबै