९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

भालुले आक्रमण गर्दा काठमाडौंमा एक घाइते

 शनिबार, अशोज २२ २०७९  

काठमाडौं । काठमाडौंमा जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन् ।

शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

सोही ठाउँको जंगलको बाटो हिँड्ने क्रममा विमानलाई शनिबार बिहान अन्दाजी ९ बजेतिर भालुले आक्रमण गरेको उनको भनाई छ ।

भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ ।

उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए। उनका अनुसार घाइते भएका विमानको बोल्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया सबै