९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रपति अस्पताल भर्ना

 शनिबार, अशोज २२ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

स्वकीय सचिव अधिकारीले भाइरल ज्वरोका कारण राष्ट्रपति अस्पतालमा भर्ना भएको र उनको परीक्षण भइरहेको बताए । उनका अनुसार भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो ।

प्रतिक्रिया सबै