१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एमाले र जसपाबीच गठबन्धन गर्ने सहमति (पत्रसहित)

 शनिबार, अशोज २२ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । त्यस्तै, प्रदेशसभामा ४२ सिट जसपाले पाएको छ ।

सहमति अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ । एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधिसभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ । यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।

त्यस्तै, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको पाँच वटै निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा पनि एमालेले जसपासँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।

यसैगरी एमालेको समर्थनमा जसपा नेपालले सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा उम्मेदवारी दिनेछ ।

तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यस्तै, प्रदेशसभातर्फ ४२ सिटमा एमालेले जसपालाई सघाउने भएको छ भने ७० वटा सिटमा एमालेलाई जसपाले सघाउने भएको छ ।

प्रतिक्रिया सबै