२३ जेष्ठ २०८१, बुधबार Wednesday 5 June, 2024

एमाले नेता बालकृष्ण ढुंगेल मृत भेटिए

 शनिबार, अशोज २२ २०७९  

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । उनी शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा मृत भेटिएका हुन् ।

नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीले घरकै बाथरुममा लडेर उनको निधन भएको बताएका छन् । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।

प्रतिक्रिया सबै