२७ जेष्ठ २०८१, आईतवार Sunday 9 June, 2024

समानुपातिक उम्मेदवारको सूची, कुन दलबाट को-को ?

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उमेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उमेदवार रहेका छन् ।

प्रदेश १ मा ३६ दलले ६६१ जना उमेदवारको बन्दसूचीमा बुझाएका छन् । त्यस्तै, मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उमेदवार रहेका छन् । वाग्मती प्रदेशमा ४१ दलका ८२५ उमेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उमेदवार रहेका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उमेदवार रहेका छन् भने कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उमेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।

यस्तो अन्तिम बन्दसूची –

प्रतिनिधिसभातर्फ

प्रदेशसभातर्फको सूची
प्रदेश १

मधेस प्रदेश

वाग्मती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया सबै