२९ असार २०८१, शुक्रबार Friday 12 July, 2024

घनश्याम भूसालमाथि सर्वसत्तावादको प्रहार !

वरिष्ठ पत्रकार किशोर नेपाल
 आइतवार, अशोज २३ २०७९  

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बिगत पैंतालीस बर्षदेखि पार्टीमा सक्रिय रहेका फरक बैचारिक धारका राजनीतिज्ञ घनश्याम भूसालको राजनीतिक हत्याको प्रयास गरेका छन् ।

भूसालले आउँदो चुनाव लडन पार्टीको टिकट पाएनन् । उनी कामरेड ओलीको सर्वसत्तावादी नेतृत्वको शिकार भए । घनश्यामजीसंग मेरो परिचय २०४६ जन–आन्दोलनताका भएको हो ।

म त्यतिखेर चक्र बाँस्तोला, हरिशर्मा र म जन–आन्दोलनको प्रचार–प्रसारका लागि दिल्लीमा थियौँ । हाल माओवादी पार्टीको नेतृत्व तहमा रहेका गणेश साह पनि दिल्लीमा थिए । संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनरस्थापनाका लागि भएको त्यो जन–आन्दोलन ऐतिहासिक थियो ।

आन्दोलनको समाप्तिपछि घनश्यामजीसंग म सामान्य सम्पर्कमा मात्रै थिएँ । २०६२ को युगान्तकारी आन्दोलनपछि घनश्यामजी पार्टीको बैचारिक फाँटमा सक्रिय रहे । उनले आफनो दलभित्र उदार बैचारिक राजनीतिको धारलाई तिखार्न अनेक प्रयोग गरे ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा समाजवादी धारका सर्वाधिक प्रभावशाली विचारक प्रदीप गिरिलाई कम्युनिष्टहरुको शिविरमा प्रशिक्षकका रुपमा निम्त्याए । नेपालको राजनीतिक–बैचारिक आकाशमा यो सर्वथा साहसिक कदम थियो । नेपाली कांग्रेसको टिकटमा संसदीय चुनाव जितेर आएका गिरि कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा उपस्थित भए ।

बिश्व कम्युनिष्ट आन्दोलनका लियोन ट्रट्स्की, रोजा लक्जेम्बर्ग र अन्य महान हस्तीहरुको जीवनको त्राशदीलाई जसले बुझेका होलान तिनले नेपालमा घनश्याम भूसालले अहिले भोग्नु परेको त्राशदीको भेउ पक्कै पाएका होलान । अहिलेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले घनश्यामजीलाई गठबन्धनमा तानेर टिकटदिने होइन, उनको स्वतन्त्र उम्मेदवारीको समर्थनमा अभियान चलाउने हो । घनश्याम भूूसाल मन्त्रीका रुपमा असक्षम सावित भए । तर, बिचारका हिसावले उनी सक्षम ब्यक्तित्व हुन । शेरबहादुर, प्रचण्ड, माधव नेपालको घैंटोमा घाम लागोस् ।

निर्दलीय पन्चायत ब्यबस्थाका समयमा हुल्याहा र गुण्डाका रुपमा सर्वाधिक बदनाम भएका हाल राप्रपाका बयोबृध्द नेता दीपक बोहोराका लागि पनि यो पापमोचनको सुनौला अवसर हो । उनले अन्तरआत्माको आवाज सुनेर घनश्याम भूसालको पक्षमा आपूmलाई उभ्याए भने त्यो नेपाली राजनीतिको ऐतिहासिक मोड हुनेछ ।

वरिष्ठ पत्रकार किशोर नेपालको फेसबुकबाट

प्रतिक्रिया सबै