३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

लतिलपुरमा तोशीमा कार्की स्वतन्त्र पार्टीको उम्मेदवार

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डा. तोशीमा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् ।

उनले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका निमित्त उम्मेदवारी दर्ता गराएकी हुन् ।

स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको वकालत गर्दै आएकी युवा चिकित्सक तोशीमाको प्रस्तावकको रूपमा नेपाल सरकारका पूर्व सचिव तथा अभियन्ता डा. भीम उपाध्याय रहेका छन् ।

कार्की हाल पाटन अस्पतालमा जनरल सर्जनको रूपमा समेत कार्यरत छन् । ललितपुर क्षेत्र नं ३ मा गठबन्धनको तर्फबाट ऊर्जामन्त्री पम्फा भुसाल र नेकपा एमालेको तर्फबाट अमृत खड्का उम्मेदवार रहेका छन् ।

मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोशीमा नेपाल मेडिकल काउन्सिल कि निर्वाचित केन्द्रीय सदस्य समेत हुन् । किस्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्व विद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी केसीले स्वास्थ्य नेपाली सुखी नेपालीको नारा सहित केही समय अगाडि नै आसन्न चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया सबै