१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

घनश्याम भुसालद्वारा रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी त्याग गर्नुअघि भुसालले एमालेलाई सुधार्ने आफ्नो अभियानमा आफू असफल भएको भन्दै केपी ओलीले एमालेको गौरवशाली इतिहास समाप्त पारेको आरोप लगाएका थिए ।

भुसाललाई एमाले परित्याग गरेलगत्तै माओवादीले आफ्नो चुनाव चिन्हमा चुनाव लड्न प्रस्ताव गरेको थियो । तर, उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धन र एमालेमा रहेका क्रान्तिकारी र पार्टीलाई रुपान्तरण गर्नुपर्छ भन्ने चिन्तन राख्ने कार्यकर्ताहरुको जगमा आफूले चुनाव जित्ने भुसालको भनाई छ ।

रुपन्देही क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रलाई भाग परेको थियो । भुसाल उम्मेदवार हुने भएपछि माओवादीले उम्मेदवारी दिएको छैन । प्रदेशसभा (क) र (ख) मा कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाकले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा एमालेका सचिव छविलाल विश्वकर्माले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया सबै