३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

जेलबाटै रेशम चौधरीले दिए बर्दिया-२ मा उम्मेदवारी

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जेलबाटै उम्मेदावरी दिएका छन् । उनले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् ।

हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उनी २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिएकी छन् ।

 

प्रतिक्रिया सबै