१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

विश्वप्रकाशदवारा झापा१ मा उम्मेदवारी दर्ता

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा-१ मा उम्मेदवारी दर्ता गराएका छन् । झापा १ मा तेस्रोपटक उम्मेदवार बनेका शर्माको प्रतिस्पर्धा एमाले उम्मेदवार अग्नि खरेलसँग हुँदैछ ।

२०७० मा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्कीसँग पराजित शर्मा तेस्रोपटक चुनावी परीक्षामा होमिँदैछन् ।

एमालेले एकल सिफारिस गरेका रविन कोइरालाको टिकट खोसेर प्रतिनिधिसभा चुनाव लड्न झापा—१ आएका अग्नि खरेललाई टुरिष्ट उम्मेदवार भन्दै एमाले कार्यकर्ताले आलोचना गरिरहेका छन् ।

झापा—१ मा प्रदेश सभामा सत्ता गठबन्धनबाट प्रदेश सभामा ‘क’ मा कांग्रेसका गोपाल तामाङ र ‘ख’ मा माओवादीका श्यामवीर लिम्बू उम्मेदवार बन्दैछन् । एमाले राप्रपा गठबन्धनबाट प्रदेशमा ‘क’ बाट एमालेका रविन कोइराला र ‘ख’ बाट राप्रपाका सविना बजगाइँ उम्मेदवार बनेका छन् ।

 

प्रतिक्रिया सबै