३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

पहिरोले हुम्लामा ४ जनाको मृत्यु, ५ घाइते

 सोमवार, अशोज २४ २०७९  

सुर्खेत । पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ छ । त्यस्तै पहिरोमा परेर ५ जना घाइते भएको छन् ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।

प्रदेश प्रहरीले ५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया सबै