३० असार २०८१, शनिबार Saturday 13 July, 2024

हुम्लामा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, पाँच घाइते

 मङ्लबार, अशोज २५ २०७९  

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाए अनुसार ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारका रहेका छन् ।

पहिरोमा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

पहिरोमा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या, ३६ वर्षीया अङ्गती, १४ वर्षीया मनिका, १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया सबै