१० असार २०८१, आईतवार Sunday 23 June, 2024

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेट

 मङ्लबार, अशोज २५ २०७९  

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर शाहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो ।

उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिएका छन् । त्यस क्रममा उनले शुभकामनासमेत दिएका थिए ।

यस्तो किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया सबै