२६ जेष्ठ २०८१, शनिबार Saturday 8 June, 2024

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । प्रदेश १ का केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा आज राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

 

प्रतिक्रिया सबै