१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

रेशम चौधरीको स्थानमा उनका बुवा लालवीर चुनाव लड्दै

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर-२ मा उनको बुवा चुनाव लड्ने भएका छन् ।

चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर-२ मै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो ।

टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । चौधरीले बर्दिया-२ मा र थारुले कैलाली-५ मा उम्मेदवारी दिएका थिए । चौधरी र थारु दुवैको उम्मेदवारी खारेज भएको छ ।

प्रतिक्रिया सबै