१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

विश्वकपको तालिका सार्वजनिक

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । फिफा विश्वकप २०२२ को तालिका सार्वजनिक भएको छ । विश्वक सुरु हुन अब ३९ दिन मात्र बाँकी छ ।

यसपटकको विश्वकप कतारमा हुँदै छ । फुटबल विश्वकप पहिलोपटक खाडी मुलुकमा हुन लागेको हो ।

कतार विश्वकपको पहिलो खेल नोभेम्बर २० मा आयोजक मुलुक कतार र इक्वेडरबीच हुनेछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। उद्घाटनको दिन एउटा मात्र खेलको तालिका छ । विश्वकपमा समूहचरणका खेल डिसेम्बर २ सम्म हुनेछन् ।

त्यसपछि अन्तिम १६ का खेल हुनेछन् । अन्तिम १६ का खेल डिसेम्बर ६ मा सकिनेछ ।

क्वार्टरफाइनलका खेल डिसेम्बर ९ र १० मा हुनेछ। सेमिफाइनल खेल डिसेम्बर १४ र १५ मा हुनेछ । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया सबै