६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

रुकुम पश्चिमका सबै क्षेत्रबाट कांग्रेसको उम्मेदवारी फिर्ता

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । रुकुम पश्चिममा नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रबाट कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो ।

कांग्रेसबाट प्रतिनिधि सभाका लागि मानबहादुर नेपाली र स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रदेश सभा ‘क’ मा कांग्रेसले कृष्णबहादुर रोकायलाई उम्मेदवार बनाएको थियो । उनले पनि गठबन्धनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवार भिमदत्त खड्का, प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार खडक डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धनको भागवण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ माओवादीलाई भाग परेको थियो भने ‘ख’ मा कांग्रेस—माओवादी दुवैको नाम उल्लेख थियो । यद्यपि माओवादीले तीनवटै आफैँले पाउनुपर्ने अडान कायम राखेपछि कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

अब प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादी नेता जनार्दन शर्मा र प्रदेश ‘क’ मा महेन्द्र केसी र ‘ख’ मा माओवादीकै राजकुमार शर्मा उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया सबै