१० असार २०८१, आईतवार Sunday 23 June, 2024

सागर ढकालले पाए चुनाव चिह्न ‘सिरिञ्ज’

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार दिएका सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् ।

बुधबार निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएका हुन् ।

आज उम्मेदवारी फिर्ता गर्ने कार्यक्रम समेत रहेको थियो । सो क्रममा डडेल्धुरामा ३ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार फिर्ता लिनेमा एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएको हो ।

प्रतिक्रिया सबै